|
NRN Japan Interview Gallery |
Home |
| Interview with party leaders |
गैरआवशीय नेपालीको मताधिकार र दोहोरो नागरिकताको सवालमा राजनैतिक नेताहरुको धारणाएनआरएन डेको अवसर पारेर हालै एनआरएन युकेको आयोजनामा एक बिषाल कार्यक्रम लण्डनमा सम्पन्न भएको छ । एनआरएनको कार्यक्रममा बढी राजनितिक छलफल भएको भनेर राष्टिय अन्तराटि्रय संचार माध्यमले प्रसारण गरेता पनि बोल्ने बक्ताहरुले एनआरएनएनले उठाएका सम्पुर्ण मुद्दालाई भने सम्बोधन गरेका थिए । यसै सन्दर्भलाई लिएर नेपालबाट आउनु भएका बिभिन्न पार्टी नेताहरुसंग एनआरएन युकेका सदस्य तथा समुद्रपारीडटकमका लण्डन संबाददाता देबराज आचार्य (चिरन) ले गर्नु भएको कुराकानीको आधारमा बनाईएको एक रिपोट। (Photo:www.nepaluk.com) | ||
| रामचन्द्र पौडेल नेपाली कांग्रेस महामन्त्री |
गैरआवशीय नेपाली सम्बन्धि ऐन अहिले छलफलको क्रममा छ । यसमा निकै संसोधनको खाचो छ । छलफल भै रहेको छ यस बिषयमा नेपाली कांग्रेस सकरात्मक छ । गैरआवासिय नेपालीहरुले नेपालमा बैंक खाता खोल्न जग्गा जमिन किन्न र लगानी गर्न पाउनु पर्छ र लगानीबाट प्राप्त आम्दानी आफु खुसी ल्याउन पाउनु पर्छ भन्ने मेरो धारण छ । दोहोरोनागरिकताका सम्बन्धमा संबिधान सभाको बेलामा छलफल गर्न सकिन्छ तर अहिले नै एक परिचयपत्र तुरुन्त दिन सकिन्छ त्यस परिचयपत्रको आधारमा गैरआवासिय नेपालीहरुलाई अन्य नेपाली नागरिक सरह आवतजावत गर्ने लगायत अन्य कुरामा बारवार सुबिधा दिनु पर्छ । | |
| शुभास नेवाङ्ग, सभामुख |
गैरआवासिय नेपालीहरुको सिप स्रोत र क्षमता नेपालको बिकासमा सदुपयोग गर्ने एउटा आधार र वाताबरण तयार हुनु पर्छ । त्यसको लागी नेपालका जिम्मेदार राजनितिक नेताहरु, सरकार र संसद अहिले छलफल गरिरेका छन । यो दुबै बिषयमा छलफल गरेर उपयुtm निष्र्कषमा पुग्नु पर्छ । संसदमा प्रस्तुत गैरआवासिय नेपाली सम्बन्धि बिषयमा छलफल भै रहेको छ । यसले समयमा नै र्सार्थक निर्कर्षनिकाल्छ भन्ने मलाई बिश्वास छ । | |
| प्रदीप नेपाल, ने क पा एमाले केन्द्रिय सदस्य |
गैरआवाशिय नेपालीहरुले मताधिकारको हक सुरक्षित हुनु पर्छ । त्यसका लागी राज्यले बिभिन्न मुलुकमा आफ्ना निकायबाट मत संकलन गर्न आरम्भ गर्नु पर्छ । दोहोरो नागरिकताको बिषयमा मेरो बिचारमा नेपालको संबिधानलाई पालन गर्नै हो भने ब्यक्तिले स्वइच्छाले परित्याग नगरेको खण्ड सम्म संबिधानले कुनै पनि बंशजको आधारमा जन्मीएको नेपालीलाई अनागरिक बनाउन सक्दैन । तर त्यो भन्दा अरु नै कारणले नगारिकता खोसीएको हो भने उसले सजिलै नेपाली नागरिकता पाउनु पर्छ । | |
| कृष्ण बहादुर महारा, ने क पा माओबादी प्रबक्ता |
यो बिषयमा हाम्रो पार्टीको आधिकारीक रुपमा निर्णय लिएको छैन । तर हाम्रा पार्टीका मुख्य मुख्य नेताको अनौपचारिक बैठकको छलफलबाट मताधिकार र दोहोरो नागरिकताको मुद्दालाई सकरात्मक रुपमा लिन सकिन्छ भन्ने निष्र्कसमा हामीहरु पुगेका छौ । नेपालीमा पनि भिन्न प्रकुतका नेपाली छन र तीनिहरुको बर्गीकरण हुनु पर्छ । अनि यस बिषयमा अरु छलफल र अध्ययन हुनुपर्छ। त्यस पछि मात्र हामी सकरात्मक रुपमा निर्णय लिन्छौ । आगामी दिनमा गैरआवासिय नैपालीहरुलाई हाम्रो पार्टी पुर्ण रुपमा सहयोग गर्न तयार छ । | |
| डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेस -प्रजातन्त्रिक, प्रवक्ता |
दोहोरो नागरिकताको प्रश्न एक दमै महत्व पुर्ण प्रश्न हो । भारतले समेत ओभर सिप सिटीजन अफ इण्डीया भनेर ल्याएको छ । त्यसरी नै हामीले पनि यसलाई ल्याउन सकिन्छ । मुख्य कुरा बिदेशमा बस्ने नेपालीबाट मुलकलाई निकै ठुलो आर्थिक फाइदा भएको छ एनआरएनहरुको सहयोगमा अहिले देश चलेको छ । त्यस्तै गैरआवासिय नेपालीबाट देशमा ठुलो लगानीको सम्भवान छ त्यसलाइ पनि अगाडि लैजानका लागी दोहोरो नागरिकताको प्रक्रिया अगाडी जानु पर्छ भन्ने मान्यता राख्दछु । मताधिकार पनि अत्यन्त महत्वपुर्णा कुरा हो । कसैलाई पनि मताधिकारबाट बन्चित गर्नु हुन्न । तर संबिधान सभाकौ निर्वाचन आगामी जेष्ठ महिनामा भएमा गैरआवासिय नेपालीलाई सहभागी गराउन अल्ली समय अभाव हुन्छ की जस्तो लाग्छ । | |
| ससी श्रेष्ठ, जनमोर्चा नैपाल केन्द्रिय सदस्य |
गैरआवासिय नेपालीहरुले उठाएका बिभिन्न मुद्दाका बिषयमा हाम्रो पार्टीको ध्यान आकर्षण भएको छ । जुन दोहोरो नागरिकता र मताधिकार लगाएत अन्य सवालमा गैरआवासिय नेपाली संघले जुन कुराहरु उर्ठाई रहेको त्यसमा हाम्रो पार्टीको तर्ओ बाट पुर्ण सहयोग र समर्थन रहने छ । |
| Interview with ICC president |
|
| Interview with ICC vice president |
|
| Interview with MAHA JODI |
एनआरएन प्रति महजोडीको धारणा कस्तो छ त? यसको उत्तर र अन्य विबिध बिषयमा जानाकारी लिनका लागि महजोडीसँग NITV ले लिएको अन्तरवार्ता सुन्न यहाँ क्लिक गर्नुस।Photo: NITV |