NRN Japan News Gallery

Home

एनआरएन जापानमा नयाँ राष्ट्रिय संयोजक

२००७ मे ११

एनआरएन राष्ट्रिय समन्वय समिति जापानको सातौ नियमित बैठकले आगामी कार्यकालका लागी राष्ट्रिय संयोजक बेलु थापालाई चयन गरेको छ। प्रथम अधिवेशनबाट निर्वाचीत राष्ट्रिय संयोजक डा. हेमराज शर्मा जापानबाट प्रध्यापनका निम्ति युनिभर्सिटि अफ लिभरपुल बेलायत जानु हुने भएकोले कार्यसमितिमा आफ्नो राजिनामा पेश गर्दै रिक्त पदमा सह-संयोजक जिज्ञान कुमार थापालाई मनोनयान गरियोस भनि प्रस्ताव गर्नुभएको थियो। सह संयोजक जिज्ञान कुमार थापाले आफ्नो अध्ययनको ब्यस्तताका कारण संयोजक पदको कार्यभार हाललाई समाल्न असमर्थ हुनुभएको जानाकारी दिदै आगामी कार्यकालका लागी सचिवालय सदस्य बेलु थापालाई राष्ट्रिय संयोजकमा प्रस्ताव गरि कार्य समितिको सर्वसम्मतिबाट चयन गरि साधारणसभामा अनुमोदनका निम्ति पेश भएकोमा साधारणसभाले मनोनयन गरेको छ।

निवर्तमान राष्ट्रिय संयोजक डा. हेमराज शर्मालाई एनआरएन जापानको साधरण सभामा बिदाइ समारोहबाट विदाइ तथा नयां संयोजकमा बेलु थापालाई स्वागत गरिएको थियो । सह-संयोजक जिज्ञान कुमार थापाको संचालन रहेको बिदाइ कार्यक्रमका क्रममा एनआरएन अर्न्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष देवमान हिराचन केन्द्रिय सदस्य डा. कुमार बस्नेत, एनआरएन जापानका अध्यक्ष राजन प्रधानाङग, एनआरएन जापानका राष्ट्रिय संयोजक बेलु थापाले आफ्नो मन्तव्य मार्फत डा. शर्माले एनआरएन जापानका प्रति गर्नु भएको देनको प्रशंशा गर्दै धन्यबाद ज्ञापन गर्नु भएको थियो। प्रति उत्तरमा डा। शर्माले आँफु भौतिकरुपमा जहा भए पनि भावानात्मक रुपमा जापानमा रहिरहने र कुनै न कुनै किसिमले एनआरएनलाई सहयोग गरि रहने प्रतिबद्दता जाहेर गर्नु भयो।

एनआरएन जापानद्वारा अर्थमंत्री रामशरण महतसंग भेटघाट तथा अर्न्तसंवाद

२००७ मे ८

गैरआवासीय नेपाली संघ (एनआरएन)जापानको आयोजनामा माननीय अर्थमंत्री डा,रामशरण महतसंग एनआरएनका बिभिन्न समस्याहरु र नयां नेपाल निर्माणका लागी प्रवासीहरुको भुमीका तथा सम-सामयीक बिषयमा अर्न्तसंवाद सम्पन्न भयो ।

टोक्यो सिन्जुकु स्थित होटल हायातमा एनआरएन जापान व्यबसायीक समितिको व्यबस्थापनमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथी अर्थमंत्री महतलाइ स्वागत गर्दै व्यबसायीक समितिका संयोजक किरणबिक्रम थापाले एनआरएन जापानले राष्ट्र निर्माणमा सहयोगी हुन चाहेको बताउनु भयो ।

एनआरएन जापानका राष्ट्रिय संयोजक बेलु थापाले कार्यक्रम संचालन गर्दै जापानबासी नेपालीहरुका समसामयीक बिभिन्न समस्याहरुबारे जानाकारी दिनु भएको उक्त कार्यक्रममा एनआरएन केन्द्रिय सदस्य डा,कुमार बस्नेतले नेपाल सरकारले आफ्नो वजेट भाषणमा सम्वोधन हुनु स्वागत योग्य मात्र होइन राष्ट्रले गैरआवासीय नेपालीहरुबाट आशा गरेको प्रष्ट हुन्छ भन्नुभयो।

कार्यक्रममा एनआरएन जापानका तर्फबाट रेमीरेयान्स,संविधानसभाको चुनाव, जापानका लागी नेपाली प्रशिक्षार्थी कामदारहरु,नेपालमा लागानीका अवसरहरु,पर्यटन लगायतका बिभीन्न बिषयहरुमा छलफल केन्द्रित रहेको थियो । कार्यक्रममा बोल्दै डा, महतले " जताततै राजनैतीक मुद्दा नै प्रमुख एजेन्डा बनिरहेको बर्तमान अवस्थामा जापानबासी गैरआवासीय नेपालीहरुले मुलुक पुर्ननीर्माणको अभियानमा आर्थिक बिकासमा आफ्नो भुमीका बारे देखाएको प्रयासको प्रसंशा गर्छु"भन्नुभयो ।

एनआरएनको तेश्रो ग्लोवल सम्मेलनको प्रचार जापानबाट

२००७ मे ५

एनआरएन जापानको दोश्रो साधारण सभा तथा तेश्रो वर्ष प्रवेशको अवसर पारेर एनआरएन जापानबाट प्रकासित एनआरएन झोला सार्वजनिक गर्दै आगामी अक्टोवरमा काठमाण्डौमा हुने तेश्रो एनआरएन बिश्व सम्मेलन आयोजक समितिका संयोजक देवमान हिराचनले प्रचारको औपचारिक थालनी गर्नु भएको समाचार छ ।

गत आइतवार एनआरएन जापानको साधारणसभाका लागी टोक्यो स्थित आशागाया सभाहलमा जापानबासी एनआरएनहरु,बिभीन्न संघ सस्थाहरु,नेपाली मेडिया र बिशाल सनुदायका बिचमा सो सार्वजनिक प्रचारको जापान राष्ट्रिय समन्वय समितिको प्रकाशन बिभागले प्रकाशीत एनआरएन झोला प्रर्दसन गरि गर्नु भएको हो।

दशै तिहारको बेला पारेर आफ्नो मुलुक फर्कने सुअवसर पारेर पहिले झै यहि अक्टोवर १५,१६र १७ मा संसारभर छरिएका प्रवासी नेपालीहरुको उललेख्य सहभागिता छलफलमा सकृयता साथ भाग तथा कुशल नया नेतृत्वको छनौट हुने आशा गरिएको छ ।नेपालीका लागी नेपाली नारा साथ अक्टोवरमा नेपालमा हुने एनआरएन तेश्रो बिश्व सम्मेलनमा सहभागी बनौ भन्ने स्लोगन छापिएको कटनको नेपाली हाते झोला मा एनआरएन जापानले सभासदलाइ कोसैलीका रुपमा बाडेको थियो । झोलामा एनआरएन जापानका प्रकासनहरु मातृभुमि प्रत्रीका,नेपाली अग्रेजी क्यालेन्डर,प्रगती प्रतिबेदन,लेखा प्रतिवेदन,संशोधित बिधान, कार्यक्रम तालिका, ओशाका-काठमान्डौ ओशाका हवाइ टिकटको चिटठा,एनआरएन लोगो ब्याच, एनआरएन ब्रुत्सर र साधारणसभाका प्रसस्त सामग्रीहरु राखेर बाडेर नेपाल जान अनुरोध गरिएको थियो ।

एनआरएन जापानको साधारणसभाको मुल उद्दधाटन व्यानरमा समेत तेश्रो ग्लोबल सम्मेलनको प्रचार स्वरुप -तेश्रो बोश्व सम्मेलनमा सहभागीताको आव्हान र भव्य र सानदार पारौ भनि लेखीएको थियो ।

एनआरएन जापानको साधारण सभा सम्पन्न

२००७ मे २

"नेपालीका लागि नेपाली" मूल मन्त्रलाई आत्मासात गरी अघि बढेको गैर आवासीय नेपाली संघ जापानको साधारण सभा जापानबासी नेपालीहरुको भव्य उपस्थितिमा जापानको टोकियो स्थित आसागाया खाइकानको सभाकक्षमा आईतबार सम्पन्न भएको छ ।

नयां नेपाल निर्माणको लागि संघर्षमा लाग्दा वीरगति प्राप्त सहिदहरुको सम्झनामा एक मिनेट मौन धारणगरी शुरु गरिएको उक्त कार्यक्रमको उदघाटन जापानका लागि कार्यवाहक राजदूत पारश घिमिरे र एनआरएन अन्तर्राष्टिय समन्वय परिषदका उपाध्यक्ष देवमान हिराचनले संयुक्त रुपमा पानसमा बत्ति बालेर गर्नु भएको थियो । प्रमुख अतिथिको आसनबाट सभालाई सम्बोधन गर्दै जापानका लागि नेपाली कार्यबाहक राजदूत पारश घिमिरेले जापानमा रहेका नेपालीहरुको क्रियाशीलताबाट आफू अति नै गौरवान्वित भएको बताउंदै आगामी दिनमा पनि दुइदेशबिचको सम्बन्ध विस्तार, पर्यटन, हाइडो पावर लगायतका क्षेत्रमा लगानी र ज्ञान तथा शिपको हस्तान्तरण लगायत एनआरएन जापानका अभियानमा अद्वितिय सफलता मिलोस भन्ने शुभकामना व्यक्त गर्नु भयो । त्यसैगरी अर्का वक्ता देवमान हिराचनले चारवर्षअघि यस संस्थाको स्थापनाका बेला भेला भएका थोरै साथीहरुका बीचमा एनआरएनको परिचय गराउन पनि गाह्रो भएको थियो भने अहिले त्यही स्थानमा अधिवेशन गर्न गैरहेको एनआरएन जापानको कार्यक्रम, सहभागिता र विदेशबाट मताधिकारको सवाल जस्ता राष्ट्रिय बहसका मुद्दा उठाउन सफल भएको देख्दा अत्यन्त खुशी लागेको बताउनु भयो । आगामी अक्टोबरमा नेपालमा हुन गैरहेको एनआरएनको ग्लोबल सम्मेलनमा धेरै भन्दा धेरै जापानबासी नेपालीहरुको सहभागिताका लागि पनि उहांले आग्रह गर्नुभयो ।

अधिवेशनको उदघाटन समारोहमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शुभकामना सन्देश पढेर सुनाइको थियो भने एनआरएनका अध्यक्ष डा. उपेन्द्र महतो भिडियो सन्देश प्रस्तुत गरिएको थियो । सोही अवसरमा एनआरएन जापानले तयार गर्न गैरहेको भिडियो वृत्तचित्रको केही अंश प्रस्तुत गरिएको थियो भने मातृभूमि नामक एनआरएन जापानको प्रकाशनको विमोचन पनि गरिएको थियो ।

सो अवसरमा अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अघ्यक्ष शालीकराम भण्डारी, प्रवासी नेपाली पत्रकार संघका संयोजक भूषण घिमिरे, शान्ति तथा लोकतान्त्रिक मंच (पिडिएनएफजे) का भुपालमान श्रेष्ठ, नेपाली विद्यार्थी समाजका अध्यक्ष ऋसव पौडेल, जनसम्पर्क समितिका महेश श्रेष्ठ, ने.क.पा. एमाले प्रवास कमिटिका सूर्य पाठक, संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चाका कृष्ण केसी, राप्रपा समर्थित प्रवासी नेपाली संगठनका कलेन्द्रविक्रम शाही लगायत जापानस्थित नेपालीहरुका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । एनआरएन कोरिया, युके, साइप्रस, नेवा ईन्टरनेशनल फोरम, नेपाली समाज संगठन (नाज), थकाली सेवा समिति, तमुधी, गल्कोटे समाज, हातेमालो सोसाईटी लगायतका संस्थाहरुको लिखित शुभकामना सन्देशहरु पढेर सुनाइएको थियो ।

एनआरएन जापानका अध्यक्ष राजन प्रधानाङ्गको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रमको संचालन बेलु थापाले गर्नुभएको थियो भने कार्यक्रमका संयोजक डा. हेमराज शर्माले सहभागीलाई स्वागत गर्दै साधरण सभाले गरेका अपेक्षा बारे प्रकाश पार्नु भएको थियो। चार भागमा विभाजित कार्यक्रमको दोस्रो भागमा डा. शोभाखर ढकालले काठमाडौंको यातायत र वातावरणका विषयमा र महेश श्रेष्ठले जलविद्युतमा लगानीको सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने जापानमा लामो समयदेखि बन्दी बनाइराखिएका गोविन्द मैनाली रिहाइ समितिका सदस्य जापानी नागरिक क्योहेइ इमाइले मैनाली सानो देश नेपालको नागरिक भएका कारण रिहाई हुन नसकेको कटु यथार्थ ब्यक्त गर्नुभएको थियो ।

साधारण सभाको बन्द सत्रमा शुभाष लोहनीके एनआरएन जापानको संशोधित बिधान, जिज्ञान थापाले आर्थिक प्रतिवेदन र डा. हेम राज शर्माले बार्षिक प्रतिबेदन र भावी कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो। प्रस्तावित विधान संशोधन सहित र प्रगति प्रतिवेदन र भावी कार्यक्रम, तथा आर्थिक प्रतिबेदन पारित गरिएको थियो ।

साधारण सभाकै अवसरमा एनआरएन जापानका राष्ट्रिय संयोजक डा. हेमराज शर्मा जापान छोडेर बेलायत जानु हुने भएकाले उहाको विदाइ र कार्यसमितिको निर्णय अनुसार नयां संयोजकमा बेलु थापालाई चयन गरिएको थियो । राष्ट्रिय सह-संयोजक जिज्ञान थापाको संचालन रहेको बिदाइ कार्यक्रमका क्रममा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष देवमान हिराचन केन्द्रिय सदस्य डा, कुमार बस्नेत, एनआरएन जापानका अध्यक्ष राजन प्रधानाङग, एनआरएन जापानका राष्ट्रिय संयोजक बेलु थापाले मन्तव्य दिनुभएको थियो । कार्यक्रमको अन्तिम चरणमा सांस्कृतिक कार्यक्रमको रमझममा वितेको थियो । सो अवसरमा नेपालका ख्यातीप्राप्त गायक इश्वर गुरुङ, यम बराल, चर्चित नायिका गौरी मल्लले गीत गाउनु भएको थियो भने थुप्रै थुप्रै नेपाली तथा जापानी कलाकारहरुले गीत तथा नाच प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको थप आकर्षण नेपाल बायुसेवा निगमद्वारा उपलब्ध ओसाका-काठमाडौ-ओसाका हवाइ टिकटको चिट्ठा पनि थियो । साधारण सभाको सम्पूर्ण कार्यक्रम एनआइटिभी र रेडियो आवाज मार्फत प्रत्यक्ष प्रसारण पनि गरिएको थियो ।

एनआरएन जापान सरकारको मतदान नियमावलि प्रति बिमती जाहेर

२००६ डिसेम्बर ३०

मुलुक बाहिर बस्ने नेपालीहरुलाई संबिधानसभा लगायतका आम निर्वाचनमा भाग लिन नपाउने गरी प्रतिनिधि सभाले मतदान नियमावली पारित गरेकोमा गैर-आवसीय नेपाली संघ एनआरएन जापान दुख प्रकट गर्दै एनआरएन केन्द्रिय परिषद कै व्यक्त धारणा र माग प्रति एक्यबद्वता जाहेर गर्दछौ ।

एनआरएन जापान सचिवालयका तर्फवाट जारि प्रेश बक्तव्यका अनुसार प्रतिनिधि सभाको यस निर्णयले बिदेशमा बस्ने नेपालीहरुलाई मतदान जस्तो नैसर्गिक अधिकारबाट बञ्चित गरी नयाँ नेपालको निर्माण प्रकृयामा सरिक हुनबाट अलग्याइ लोकतान्त्रीक आन्दोलनमा बिदेशी भुमीबाट नेपालीहरुले बहन गरेका भुमिकाको अपहेलना गरेको छ। हाल बिभिन्न पेशाले मुलुक बाहिर रहेका करिब १० लाख मतदाताहरु (दक्षिण एशिया बाहेक) को उपेक्षा हुने यस निर्णयले समाबेशी लोकतन्त्रको अबधारणालाई खिल्लि उडाएको छ।

प्रवास बाटनै राष् ट्र निर्माणमा सरिक हुनको लागी एनआरएन जापानले शुरुका दिन देखि नै उठाउदै आएको मतदान अधिकारको मागलाई पुन बुलन्ध गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्दछ। साथै प्रवासमा बस्ने सम्पुर्ण नेपालीहरु, बिभिन्न देशमा रहेका एनआरएन राष्ट्रिय समन्वय समितिहरु, एनआरएन अन्तराष्ट्रिय समन्वय समिति, बिभिन्न देशमा रहेका नेपाली संघ संस्थाहरु, सञ्चार माध्यमहरु, नागरिक समाज, लगाएतका।सम्पूर्ण पक्षहरुलाई आ-आफ्नो तर्फबाट मतदानको अधिकार प्राप् तिका लागि सरकारलाई नैतिक दबाद श्रृजना गर्न अनुरोध गर्दछ।

गैरआवासीय नेपाली संघ (एनआरएन) द्वारा मतदाता नामावली प्रति खेद प्रकट

२००६ डिसेम्बर ३०

काठमाण्डौ डिसेम्बर, ३० / गैर आवासीय नेपाली संघ (एनआरएनए) ले एक विज्ञप्ति प्रेषित गरी प्रतिनिधी सभाले हालै पारित गरेको मतदाता नामावली सम्बन्धी कानून प्रति खेद प्रकट गर्नुका साथै मतदाता नामावली सम्वन्धी कानूनमा संसोधनको माग गरेको छ ।

संस्थाका केन्द्रिय अध्यक्ष डा. उपेन्द्र महतोद्वारा हस्ताक्षर गरिएको र प्रवक्ता डा. जुगल भूर्तेल द्धारा जारी गरिएको उक्त विज्ञप्तिमा अगाडि भनिएको छ, प्रतिनिधी सभाले हालै पारित गरेको मतदाता नामावली सम्बन्धी कानूनले विश्वभरि ठुलो संख्यामा छरिएर रहेका गैरआवासीय नेपालीलाई संविधान सभा जस्तो राष्ट्रको भविष्य निर्माणको प्रक्रियामा सहभागि हुनबाट बंचित गरेको थाहा पाउँदा गैरआवासीय नेपालीहरु निराश भएका छन् ।

गैरआवासीय नेपाली संघ संसदको यस निर्णयप्रति खेद प्रकट गर्दछ। संविधान सभाको निर्वाचन अन्य नियमित निर्वाचन जस्तो नभई राष्ट्रको इतिहास निर्माण गर्ने महत्वपूर्ण कार्य भएकोले यसमा सहभागी हुनबाट कुनै पनि नागरिकलाई वन्चित गरिनु हुँदैन भन्ने हाम्रो मान्यता छ । ठूलो संख्यामा विदेशमा वसोवास गर्न वाध्य नेपाली नागरिकलाई संविधान सभाको निर्वाचन प्रकृयाबाट अलग राखिनुलाई गैरआवासीय नेपाली संघ दुर्भाग्यपूर्ण मान्दछ ।

विदेशमा विभिन्न रोजगारी, पेशा, व्यवसाय गरि वसेका नेपालीहरुले नेपालको अर्थतन्त्र एवं समाजको विकासकालागि गरिरहेको योगदान बारे कोही पनि अनभिज्ञ छैन । प्रकृयागत कठिनाईका कुराहरु औल्याएर यस्तो महत्वपुर्ण योगदान दिने नागरिकहरुको समूहलाई देशको भविष्य निर्माण प्रकृयाबाट अलग राखिँदा संविधान सभा कै महत्ततामा आँच आउनेछ र भोलिको समावेशी नेपालको एजेण्डा अधुरै रहनेछ ।अहिलेको विज्ञान तथा प्रविधिको युगमा निर्वाचनमा विदेशमा बस्ने नेपालीको सहभागिता गराउने सहज तरिका निकाल्न सकिन्थे । यो निर्णयले गैर आवासीय नेपालीले निरंकुसता विरोधि एवम् लोकतन्त्र स्थापनाका लागी गरेको योगदानको समेत अवमूल्यन गरेको छ । तसर्थ विदेशमा बस्ने नेपाली नागरिकहरुलाई पनि समावेश गर्नेगरी मतदाता नामावली सम्वन्धी कानूनमा आवश्यक संसोधनको गैरआवासीय नेपाली संघ माग गर्दछ ।

Source : samudrapari.com

एनआरएन जापानको सुचना,सञ्चार र प्रविधि कार्यशाला सम्पन्न

२००६ डिसेम्बर २४

एनआरएन जापानको आयोजनामा आज आईतवार टोकियोको आसागायामा आयोजित "First NRN Japan Workshop on IC and Communications 2006" जापानवासी नेपालीहरुको उत्साहजनक उपस्थितिका बिच सम्पन्न भएको समाचार छ।

कार्यशाला जापानका लागिआनेपाली कार्यवाहक राजदुत तथा एनआरएन जापानका संरक्षक पारश घिमिरेद्वारा उद्वघाटन गरि प्रारम्भ भएको थियो । कार्यशालामा नेपालको आर्थिक, शैक्षिक र सामाजिक रुपान्तर गर्न सुचना र सञ्चार प्रविधिको भुमिका र प्रयोगको सम्भावनाका बारे सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुले प्रवचन दिनु भएको थियो । मन्तव्य दिनेहरुमा एनआरएन जापानका अध्यक्ष राजन प्रधानाङ्ग ,एनआरएन केन्द्रिय परिषदका उपाध्यक्ष डिएम हिराचन तथा कार्यशालाको प्रथम सत्रका प्रस्तोताहरुमामा वाकानाई होकुसी गाकुईन युनिभर्सिटिका प्रोफेशर मुरायामा फुजी,डा. शंकरमान श्रेष्ठ ,मिज़ुतानी ताकाकी ,प्रविना भण्डारी र कमल अधिकारी हुनुहुन्थ्यो ।

तीन सत्रमा संचालीत उक्त कार्यशालाको दिस्रो सत्रमा डा. दिनेश मानन्धर,नरेश श्रेष्ठ,रामसरण पाण्डे र डा.हेमराज शर्माको प्रस्तुती रहेको थियो ।

जिज्ञानकुमार थापा र प्रविना भण्डारीको संचालन रहेको उक्त कार्यशालामा एनआरएन जापानका सदस्य तथा कार्यकमका संयोजक डा. शंकरमान श्रेष्ठले स्वागत गर्नुभएको थियो । कार्यक्रमको अन्तमा सवैलाई धन्यवादका साथ कार्यक्रमको समापन एनआरएन जापानका सदस्य किरण विक्रम थापाले गर्नु भएको थियो ।

Source : samudrapari.com

एनआरएन जापानको सुचना,सञ्चार र प्रविधि कार्यशालाको तयारी अन्तिम चरणमा

२००६ डिसेम्बर १९

एनआरएन जापानले यही डिसेम्बर २४ तारिक आइतबार टोकियोको आसागायामा आयोजना गर्न लागेको "First NRN Japan Workshop on IC and Communications 2006" को तयारी अन्तिम चरणमा पुगेको एनआरएन जापान सुत्रले बताएको छ।

कार्यशालामा नेपालको आर्थिक, शैक्षिक र सामाजिक रुपान्तर गर्न सुचना र सञ्चार प्रविधिको भुमिका र प्रयोगको सम्भावनाका बारे सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुले प्रवचन दिनु हुनेछ। जापानमा कार्यरत नेपाली तथा जापानिज बिशेषज्ञहरु तथा नेपालबाट पाल्नु हुने बिशेषज्ञहरुको उपस्थित हुने उक्त कार्यशालामा नेपालमा सुचना र सञ्चार प्रविधिमा आर्थिक लगानीको सम्भावना तथा नेपालमा हाल बिध्यमान सुचना प्रविधि-बजारको बिदेशमा निर्यात कसरी गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल हुने भएकोले यस कार्यशाला लगानीकर्ताहरुको लागि पनि महत्वपुर्ण रहने बुझिएको छ ।

कार्यशालामा नेपालमा सुचना प्रविधि बिकाशका लागी एनआरएनको भुमिका र सोका लागि नेपाल-जापान सरकार बिच सहकार्यको सम्भावनाका बारे हुने खुला बहसमा सहभागीहरुले पनि आ-आफ्नो बिचार दिन सक्ने एनआरएन सुत्रले जानाकारी दिएको छ । यी बिषयहरुमा रुचि राक्ने जापानबासी नेपालीहरुलाई कार्यशालामा उपस्थित हुनको लागी एनआरएन जापानले हार्दिक अनुरोध गरेको छ। कार्यक्रमको पुर्ण जानाकारी एनआरएनको होमपेज http://nrnjapan.org बाट लिन सकिने छ।

Source : samudrapari.com

एनआरएन जापान किङ्की (कान्शाई) क्षेत्रिय अधिवेशन सम्पन्न

२००६ नोभेम्वर १९

गैर आवासिय नेपाली संघ (एनआरएन) जापानको किङ्की (कान्शाई) क्षेत्रिय अधिवेशन शनिवार एक कार्यक्रमका बिच संस्थाका केन्द्रीय परिषदका उपाध्यक्ष डिएम हिराचन र जापान शाखाका अध्यक्ष राजन प्रधानाङले संयुक्तरुपमा रिवन काटी समुदघाटन गरि बिभिन्न सत्रका कार्यक्रमका साथ सम्पन्न भएको समाचार छ । ओशाका कोग्यो युनिभर्सिटीमा भएको उक्त अधिवेशनमा मन्तव्य तथा शुभकामना एनआरएन केन्द्रीय परिषद एशिया प्यासेफिक क्षेत्रका उपाध्यक्ष, एनआरएन जापानका प्रमुख सल्लाहाकार तथा कार्यक्रमका अतिथि देवमान हिराचन, एनआरएन जापानका अध्यक्ष राजन प्रधानाङ्ग र एनआरएन जापानका संयोजक डा.हेमराज शर्माले दिनुभएको थियो । कार्यक्रम एनआरएन जापानका सदस्य तथा अधिवेशन आयोजक समितीका संयोजक दिनेश श्रेष्ठको सभापतित्व र उद्वव केसीले संचालन गर्नुभएको थियो । स्वागत मन्तव्य प्रकाशचन्द्र दवाडीले दिनु भएको थियो ।

अधिवेशनको दोस्रो सत्र तथा अन्तर्क्रिया कार्यक्रममा एनआरएन जापानका समग्र गतिविधिहरु र मुलुकका लागि एनआरएनको भूमिका र दायित्व तथा चुनौती र समाधान वारेमा सेसनका प्रस्तोता डा.हेमराज शर्माको प्रस्तुति रहेको थियो । अत्यन्त उत्साहपूर्ण रहेको उक्त अन्तर्क्रिया पश्चात कार्यक्रम तेश्रो सेसन तथा वन्द सत्रमा अन्तरिक छलफलवाट संस्थाका भावि कार्यक्रम, निर्वाचन प्रकृया र प्रस्तावित प्रथम कार्यसमिती माथि छलफल पस्चात प्रकाश चन्द्र दवाडि संयोजक रहेको ९ सदस्यिय गैर आवासिय नेपाली संघ (एनआरएन) जापानको किङ्की (कान्शाई) क्षेत्रिय समितीको विधिबत गठन गरिएको थियो ।

एनआरएन जापानका अध्यक्ष राजन प्रधानाङ्गले नव निवार्चित पदाधिकारिहरुलाई सपथ ग्रहण गराउनु भएको समितिमा संयोजक प्रकाशचन्द्र दवाडी सदस्य सचिव-ईस्टेभान्स, सदस्यहरुमा क्रमश: शम्भुलाल जोशी, केदारप्रसाद ढुंगाना,नवराज भट्टराई, रिद्वीबहादुर तुम्वाहाम्फे, दलबहादुर गुरुङ्, हरिराज ढकाल र दिवाकर थापा रहनुभएको छ ।

Source : samudrapari.com

बेलायत-जापान एनआरएनबिच अन्तर्क्रिया सम्पन्न

२००६ नोभेम्वर १३

गैर आवासिय नेपाली संघ (एनआरएन) बेलायतको आयोजनामा एनआरएन-बेलायत र एनआरएन-जापानबिच एक अन्तर्क्रिया कार्यक्रम लण्डनस्थित थेम्स कलेजमा सम्पन्न भयो ।

एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषदका सहसंयोजक चिरन्जिबी ढकालको बिषेश उपस्थितिमा सम्पन्न कार्यक्रममा एनआरएन युकेका अध्यक्ष अशोक श्रेष्ठले एनआरएन जापानका राष्ट्रिय संयोजक डा. हेमराज शर्मालाई स्वागत गर्नु भएकोथियो ।

कार्यक्रममा एनआरएन जापानको तर्फबाट डा. शर्माले एनआरएन-जापानका हालका गतिविधी र भावि योजनाका बारेमा प्रकाश पार्नु भएको थियो भने एनआरएन युकेका तर्फबाट राष्ट्रिय संयोजक कृष्ण उपाध्यायले एनआरएन बेलायतको गतिबिधीका बारेमा बोल्नु भएको थियो ।

डा.शर्माले एनआरएनका संस्थागत संरचना बिकास, गैरआवासीय नेपालीहरुको हकहित र नेपालको आर्थिक बिकासमा एनआरएन-जापानले बिगतमा खेलेका भूमिका र भावी कार्यक्रमकाबारे प्रकश पार्दै बिभिन्न देशमा रहेका बिभिन्न पेशा, बिचार र भूमिका भएका चौधलाख नेपालीहरुलाई संगठित गर्ने एनआरएनको चुनौती एकातर्फ छ भने अर्कोतर्फ स्वदेशमा बस्ने नेपालीहरुमा एनआरएन प्रति सकरात्मक धारणा फैलाउनुपर्ने कुरा पनि त्यत्तिकै महत्वपुर्ण छ भन्ने कुरामा जोड दिनुभयो । बिभिन्न देशमा रहेका गैरआवासिय नेपाली संघहरुबिच सूचना प्रवाह र अन्तर्राष्ट्रिय परिषद र राष्ट्रिय समितिको बिचमा प्रयाप्त समन्वयको खांचो रहेको बिचार पनि शर्माको थियो ।

अन्तर्क्रियामा बोल्दै एनआरएन बेलायतका अध्यक्ष अशोक श्रेष्ठले एनआरएनलाई बिश्वब्यापी रुपमा बिदेशमा बस्ने नेपालीहरुको साझा संस्थाको रुपमा बिस्तार गर्दै लैजानु पर्ने धारणा ब्यक्त गर्नुभयो भने सहसंयोजक चिरन्जिबी ढकालले अन्तर्क्रियामा उठेका सँस्थागत बिकास र कमिकमजोरीका प्रश्नहरु आफुले अन्तरराष्ट्रिय समन्वय परिषदमा पुर्याउने प्रतिबद्द्ता ब्यक्त गर्नु भएको थियो ।

अन्तर्क्रियामा एनआरएन युकेका सदस्यहरु तथा सहभागीहरुले उठाएका जिज्ञासाहरुको डा.हेमराज शर्माले जवाफ दिनु भएको थियो । कार्यक्रमका सहभागिले यस्ता खालका समन्वात्मक कार्यक्रमहरु एनआरएनको बिश्वब्यापि सञ्जाल बिकास गर्न अत्यन्तै महत्वपूर्ण रहेको बिचार ब्यक्त गर्नु भएकोथियो।

Source : nepaljapan.com/samudrapari.com

एनआरएन जापानद्वारा विश्व साईकल यात्री तथा कलाकार सम्मान

२००६ नोभेम्वर ११

गैर आवासिय नेपाली संघ (एनआरएन) जापानको आयोजना र साईप्रसबाट एनआरएन केन्द्रिय परिषद सदस्य निरजगोबिन्द श्रेष्ठको विशेष आतिथ्यतामा शनिवार विश्व साईकल यात्रीद्वय तथा स्थानिय कलाकारहरुको सम्मानमा टोकियोमा एक समारोह सम्पन्न भएको समाचार छ ।

विश्व शान्ति, भातृत्व र एड्सबाट वचौ र वचाउं भन्ने मुल नाराका साथ दशवर्षे नियमित विश्व यात्राका क्रममा नेपालको पोखराबाट साइकल यात्रा प्रारम्भ गरि १७औ राष्ट्र् जापान प्रवेश गरेका वाबु छोरा साईकल यात्री कृष्णराज वराल र सुन्दर वराललाई एनआरएन जापानका अध्यक्ष राजन प्रधानांगले आर्थिक सहयोग प्रदान गर्नुभयो ।

परिचयात्मक कार्यक्रमबाट एनआरएन जापानका सदस्य तथा संचार बिभाग संयोजक बेलु थापाले संचालन गर्नु भएको उक्त कार्यक्रममा एनआरएन जापानका बिभिन्न कार्यक्रमका सहयोगी स्थानिय ७ कलाकारहरुलाई सम्मान गरिएको थियो । एनआरएन जापानका गतिबिधिहरु बारे एनआरएन केन्द्रिय परिषदलाइ एनआरएन जापानका पदाधिकारिहरुले जानाकारी दिनुभएको थियो । स्थानीय कलाकारहरुलाइ प्रशंसा-पत्र एनआरएन जापानका सदस्य तथा सांस्कृतिक बिभाग संयोजक शरदकुमार गौचनले प्रदान गर्नुभएको थियो । सम्मानित हुने कलाकारहरुमा छ्क्कु मल्ल, सन्तोषी गौचन, प्रभुराम भट्टराई,यशोदा बस्नेत, अमिता राजभण्डारी, राधव कायस्थ र एलिसा गौचन हुनुहुन्थ्यो । साथमा थकाली सेवा समाज जापानका अध्यक्ष ध्रुब भट्टचनले आफ्नो संस्थाको तर्फबाट साईकल यात्रीद्वयको यात्रा सफलताको कामना गर्दै नगद सहयोग प्रदान गर्नु भएकोथियो । कार्यक्रम टोकियो इकेबुकुरो स्थित नेपाली रेष्टुरां बुद्दमा भएको थियो ।

Source : samudrapari.com

एनआरएन जापानद्धारा बार्ता सफलताको स्वागत

२००६ नोभेम्वर ११

हालै भएको सात दल र माओबादीबिचको ऐतिहासिक सहमतिको गैर आवासिय नेपाली संघ एनआरएन जापानको तर्फबाट एनआरएन जपान सचिवालयले एक प्रेस बिज्ञप्ति जारी गरि हार्दिक स्वागत गरेको छ ।

वक्तव्यमा अगाडि भनिएको छ - सात दल र माओबादी बीच भएको ऐतिहासिक सहमतीले सम्पूर्ण राष्ट्रमा नयां आशाका लहरहरु मात्र छाएको छैन यो सुखद संदेशले बिश्वभर छरिएर रहेका हामी सम्पूर्ण गैर आवसिय नेपालीहरुमा राष्ट्रमा दिगो शान्ति , सु-व्यवस्था र मुलुक निर्माणका लागि कोशेढुङ्गा सावित हुने कुराको भारि आशा जगाएको छ । मुलुकमा छाएको निरासा चिर्न र मुलुक वाहिर रहेका नेपालीहरु मुलुक बाहिर रहेका नेपालीहरुको ज्ञान, प्रविधि, सीप र पूँजीको लगानी गर्दै नेपालको सर्वांगिण विकासमा टेवा पुराउने मुल उद्देश्यले स्थापित यस संस्थाले गैर-आवासिय नेपालीहरुको हकहितका साथै मातृभुमिको देशको आर्थिक र सामाजिक बिकाशमा टेवा पुरयाउने वातावरणका निम्ति निरन्तर कृयाशिल छौ ।

हाम्रो आशा छ अव मुलुक पुनर्निमाणको अवस्थामा रहेको राष्ट्र्का निम्ति यो सफलताले नव नेपालको निमाणका निम्ति महत्वपुर्ण योगदान दिने महसुस गरेका छौं । समस्त नेपालीहरुको सहासिक जनआन्दोलन तथा महान शहिदहरुको वलिदानले प्राप्त लोकतन्त्रले नेपालीलाई स्वतन्त्रताको अवसर दिएको छ । आउँदा दिनहरुमा देशको अग्रगामी पुर्नसंरचना, दिगो बहुदलिय लोकतान्त्रिक शासन व्यवस्था लगायत लोकतान्त्रिक मुल्य मान्यता प्रति जिम्मेवार रहदै स्म्पुर्ण नेपालीहरुको हक अधिकार र स्वतन्त्रताको सम्मान गर्नेछ । संसारभरका नेपालीहरुको आमहितमा एनआरएन जापानले उठाएको आवाज नेपालमा हुने संबिधान सभा लगायतका आम निर्वाचनहरुमा बिदेशी भूमिबाट मतदान गर्न पाउनु पर्ने माग वेवास्ता नहुने कुरामा विशस्त रह्दै जापानवासि सम्पुर्ण नेपालीहरुको तर्फबाट एन आर एन जापान एतिहासिक सफल बार्ताको पुन स्वागत गर्दछ भनिएको छ ।

Source : samudrapari.com

मह जोडीले जापानबासी नेपालीको न्यास्रो मेटाइदिए

२००६ अटोवर १७, टोकियो

तेस्रो गैरआवासीय नेपाली दिवस आर्थात एनआरएन डेको उपलक्ष्यमा एनआरएन जापानद्वारा आइतबार आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा नेपालका ख्यातिप्राप्त हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) को साथमा नरेन्द्र कंसाकार, नायिका गौरी मल्ल र स्थानीय कलाकारहरुले अभूतपूर्व प्रदर्शन गरेका छन् ।

दुई भागमा विभाजन गरिएको कार्यक्रमको पहिलो चरणमा एनआरएन जापानका अध्यक्ष राजन प्रधानांगको अध्यक्षतामा छोटो औपचारिक कार्यक्रम राखिएको थियो । पहिलो चरणको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत पारस घिमिरेले जापानबासी नेपालीहरुको गतिविधिप्रति खुशी व्यक्त गर्नुभएको थियो ।

एनआरएन जापानका बेलु थापाले संचालन गर्नुभएको उक्त कार्यक्रममा कार्यक्रमका संयोजक जिज्ञान कुमार थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने एनआरएन जापानका राष्ट्रिय संयोजक डा. हेमराज शर्माले एनआरएनको बारेमा जानकारी दिनुभएको थियो ।

दोस्रो चरणको कार्यक्रम महजोडीको गीतबाट सुरु भएको थियो । मह जोडीले नायिका गौरी मल्ल र नरेन्द्र कंसाकारको साथमा अभिनन्दन नामक प्रहसन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रहसनमा जापानका दर्शकहरु पेट मिचीमिची हाँसेका थिए । त्यसैगरी राजनीतिक घोचपेचद्वारा सुसज्जित अर्को श्राद्ध नामक प्रहसनले त दर्शकहरुलाई झनै मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रमको अन्त्यमा मह दोहोरीले मह जोडीको अतुलनीय प्रतिभाको उजागर गरेको थियो । ठमेलको गाइड मदनकृष्ण र अमेरिकाबाट आफुलाई जर्ज बुशले पठाएको भन्ने महिला रुपी हरिवंशले खाली दर्शकलाई हँसाएनन् मात्र देशको समसामयिक स्थिति र देशबासीलाई सन्देश पनि दिएर गए ।

कार्यक्रममा स्थानीय कलाकारहरु सन्तोषी गौचन, अमिता राजभण्डारी, यसोधा थापा, प्रभुराम भट्टराई, एलिसा गौचन, छक्कु मल्ल, रागव कायष्थ, हर्क गुरुङ र शरदकुमार गौचनले गीत र नृत्यको माध्यमबाट दर्शकहरुलाई मनोरञ्जन दिनु भएको थियो ।

उक्त कार्यक्रमको संयोजन शरदकुमार गौचनले गर्नुभएको थियो । दोस्रो चरणको कार्यक्रम एनआरएन जापानका पारसमणि पोखरेलले संचालन गर्नुभएको थियो । करिव ५ सय जना जतिको उपस्थिति रहेको उक्त कार्यक्रम दशैं र तिहारको बीचमा जापानबासी नेपालीहरुलाई घरको न्यास्रो मेटाउने र आफ्ना प्यारा कलाकारहरुको कार्यक्रम प्रत्यक्ष हेर्ने सुनौलो मौका थियो । कार्यक्रम हेरेर घर र्फकदा दर्शक अति प्रफुल्ल देखिएका थिए ।

यसरी एनआरएन जापानद्वारा अति व्यवस्थित तरिकाबाट सम्पन्न उक्त कार्यक्रमका लागि आयोजकहरु उत्तिकै प्रशंसाका पात्र थिए । आउँदा दिनहरुमा पनि जापानमा यस्ता कार्यक्रमहरुको खाँचो रहेको दर्शकहरुको भनाइ थियो ।

Source : nepaljapan.com

महजोडीको अभिनन्दन तथा बिदाई गरियो

२००६ अटोवर १७, टोकियो

एनआरएन डे कार्यक्रमका लागि जापान आएका हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य र नरेन्द्र कंसाकारलाई सोमबार साँझ एक समारोहकाबिच अभिनन्दन तथा बिदाई गरियो ।

एनआरएन जापान र शान्ति तथा लोकतान्त्रिक नेपाली मञ्च जापानको संयुक्त आयोजनामा टोकियो, सिन्जुकुस्थित प्रिन्स होटलमा रात्रीभोजसहितको सो समारोहमा जापानमा क्रियाशील बिभिन्न संघसंस्थाहरुका तर्फबाट फूलका गूच्छाले महजोडीको स्वागत-सम्मान एवं बिदाई गरिएको थियो भने आयोजक संस्थाहरु क्रमशः एनआरएन र लोकतान्त्रिक मञ्चले प्रशंसापत्र र अभिनन्दन पत्रले सम्मान गरेका थिए ।

लोकतान्त्रिक मञ्चले जनआन्दोलन-२ सफल बनाउन महजोडीले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उहाँहरुलाई अभिनन्दन गरेको हो ।

बिदाई मन्तब्यकाक्रममा अभिनन्दित ब्यक्तित्वद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले आफुहरु सम्मानित हुन पाउँदा ज्यादै खुशी लागेको कुरा बताउनुभयो । उहाँहरुले अगाडि भन्नुभयो- लोकतन्त्रबिना हामी मानिस, मानिस भएर बाँच्न सक्दैनौ पशु भएर बाँच्नुपर्ने हुन्छ । अबका नेपाली जनताले कुनै पनि खालको निरंकुशता स्वीकार्न तयार छैनन् चाहे त्यो राजा, माओबादी, दल वा अरु कसैबाट किन नहोस् । नेपाली जनताले गोल हानिसकेका छन् राजा र निरंकुशताको हार भईसकेको छ, खेल लगभग सकिईसकेको छ त्यस अर्थमा पनि अबको शान्तिबार्ता जसरी पनि सफल गरिनुपर्नेमा उहाँहरुले जोड दिनुभएको थियो । शान्तिवार्ता सफल नपारी कसैलाई पनि सुखै छैन- उहाँहरुको कथन थियो ।

एनआरएनका अध्यक्ष राजन प्रधानाङगको सभापतित्व र राष्ट्रिय संयोजक हेमराज शर्माको सञ्चालनमा भएको सो बिदाई तथा अभिनन्दन समारोहमा शान्ति तथा लोकतान्त्रिक नेपाली मञ्चका अध्यक्ष महेश श्रेष्ठले अभिनन्दन पत्र पढेर सुनाउनु भएको थियो भने सदस्य सूर्य पाठकले मञ्चको उदेश्य, गतिबिधि र भावी कार्यक्रमकाबारेमा बोल्नुभएको थियो ।

अन्तमा महजोडीसंग सहभागीहरुले मुलुकको समसामयिक बिषयबस्तुमा केन्द्रीत रही छोटो अन्तरक्रिया पनि गरेका थिए।

Source : samudrapari.com

टोकियोमा "एनआरएन डे" भब्यताकासाथ मनाईयो

२००६ अटोवर १६, टोकियो

गैर आवासिय नेपाली संघ (एनआरएन) जापानको आयोजनामा स्थानिय कलाकर्मीहरुको विविध सांस्कृतिक प्रस्तुती र ख्यातीप्राप्त हाँस्यकलाकार महजोडीको उत्कृष्ट प्रहसनहरुकासाथ आईतबार टोकियोमा "एनआरएन डे" भब्यताका साथ मनाईयो ।

टोकियो नेरिमास्थित बुन्का सेन्टर हलमा खचाखच दर्शकहरुकाबिच भएको "एनआरएन डे" कार्यक्रममा महजोडीद्वारा अभिनन्दन, श्राद्ध र महदोहोरी जस्ता प्रहशनहरु प्रस्तुत गरिएको थियो । बिशेषगरी नेपाली राजनीतिमा बिद्यमान बिसंगति र बिकृतिको उछिट्टो काड्ढै दर्शकहरुलाई पेट मिचिमिचि हंसाउन सफल थिए, महजोडी । उनीहरुले प्रहशनमा प्रतिगमनकारी निरंकुश राजतन्त्र र यसका मतियार एवं हतियारहरुको मात्रै डोहोलो काढिएन ऐतिहासिक जनआन्दोलनको बलबाट स्थापित लोकतन्त्रको स्थापनापछि माओबादी तथा दलहरुबाट भईरहेको जनभावना बिपरित कार्यशैलीप्रति पनि तिखो ब्यंग्य कसिएको थियो ।

कार्यक्रमको प्रमुख आकर्षणको केन्द्र बनेको महजोडीको प्रहशनलाई अर्का हाँस्य कलाकार नरेन्द्र कंसाकार र पूर्वनायिका गौरी मल्लले साथ दिएका थिए । नेपाली हास्यजगतका अग्रपंक्तिमा रहेका यी दुई चम्किला नक्षत्र जसले सँधै नेपाली जनताको पक्षमा जनताकै आवाज उठाउँदै आएका छन् र जनताहरुकै माया पाएर दिनानुदिन उनीहरुको ब्यक्तित्वले थप उचाई लिईरहेको छ, यस्ता अब्बल दर्जाका कलाकारहरुको कार्यक्रम लामो समयदेखि जापानका नेपालीहरुले साक्षात्कार गर्न पाएका थिएनन् त्यसैलै आफ़्ना प्रिय कलाकारहरुप्रतिको श्रद्धा र आस्थाका कारण आईतबार नागोया, हामामात्सु, गुन्माकेन, साईतामाकेन, चिबा, इबाराकीदेखि नेपालीहरु टोकियोमा ओईरिएका थिए, जसरी शिवरात्रीमा भक्तजनहरु पशुपतिमा ओईरिन्छन् । समग्रमा भन्नुपर्दा जापानमा लामो समयपछिको नेपालीहरुको ठूलो जमघट जुराईदिएका थिए, महजोडीले ।

यसैगरी कार्यक्रमको अन्य सांगीतिक प्रस्तुतीहरुमा शरद गौचन, अमिता राजभण्डारी, एलिशा गौचन, यशोदा थापा लगायतका स्थानिय कलाकारहरुको नृत्य तथा गीतहरुले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो ।

निर्धारित समयभन्दा केही ढिलोगरी शुरुभएको कार्यक्रम राती १० बजे समापन गरिएको थियो । बिभिन्न ब्यावसायिक कम्पनीहरुद्वारा प्रायोजन गरिएको "एनआरएन डे" को सिंगो कार्यक्रमलाई दुईचरणमा बिभाजन गरिएको थियो । पहिलो चरणको औपचारिक कार्यक्रममा प्रमुख अतिथिका आसनबाट कार्यबाहक राजदूत पारस घिमिरेले सम्बोधन गर्नुभएको थियो भने संस्थाको कार्यप्रगति प्रतिबेदन र गतिबिधिबारे एनआरएनका राष्ट्रिय संयोजक हेमराज शर्माले जानाकारी गराउनुभएको थियो ।

अध्यक्ष राजन प्रधानाङगको सभापतित्व र कार्यक्रम संयोजक जिज्ञानकुमार थापाको स्वागत भाषण रहेको पहिलो चरणको कार्यक्रममा बेलु थापाको र दोश्रो चरणको सांगीतिक कार्यक्रममा पारसमणि पोखरेलको उदघोषण रहेको थियो ।

Source : samudrapari.com

टोकियोमा आज महजोडीको शानदार कार्यक्रम

२००६ अटोवर १५, टोकियो

गैर आवासिय नेपाली संघ (एनआरएन) जापानको आयोजनामा आज हुने "एनआरएन डे" जापानको कार्यक्रम नेपालका ख्यातिप्राप्त हांस्य कलाकार महजोडी तथा नरेन्द्र कंसाकार चर्चित नायिका गौरी मल्ल र स्थानिय कलाकारहरुको जोडदार प्रस्तुतीका साथ टोकियो नेरिमास्थित नेरिमा बुन्का सेन्टरमा सांझ ६ बजे देखि दर्श्कहरुको उत्साहजनक उपस्थितीका बिच हुन गईरहेको छ ।

बिकृत नेपाली राजनीति प्रति तिखो व्यड.र सशक्त प्रहसन अनी प्रजातन्त्रको रक्षाका निम्ति निरन्तर क्रियाशिल नेपाली जनकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाली हांस्य विधाका मूर्धन्य प्रतिभाको तिन दर्जन भन्दा घेरै मुलुकमा एनआरएनको संजाल रहेको प्रबासीहरुको साझा संस्थासंगको महजोडिको यो पहिलो कार्यक्रम भएको कुरा एनआरएन जापानका संयोजक तथा प्रवक्ता डा. हेमराज शर्माले समुद्रपारिलाई वताउनु भयो ।

कार्यक्रममा नेपाल वायुसेवा निगम कार्यालय ओशाका तर्फबाट ओसाका-काठमाण्डौं-काठमाण्डौं-ओसाकाको हवाई टिकट चिट्ठा तथा एनाआइ टिभिका तर्फबाट ६,३र १महिनाका नेपाली टेलीभिजन प्रसारण निशुल्क जडान पुरस्कार प्रदान गरिने कुरा आयोजक सुत्रबाट थाहा भएको छ ।

Source : samudrapari.com

एनआरएन डे को शुभकामना

२००६ अटोवर ११, टोकियो

मुलुक बाहिर रहेका नेपालीहरुको साझा सँस्था गैर-आवासिय नेपाली संघ (एनआरएन) चौथो बर्षमा प्रबेश गरेको पावन अवसरमा एनआरएन-जापान एनआरएन-अन्तर्राष्ट्रिय समन्वय समिति तथा अन्य मुलुकका एनआरएन-राष्ट्रिय समन्वय समितिलाई हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दछौ - बिज्ञप्तिमा भनिएको छ ।

एनआरएन जापानले यस पवित्र अबसरमा नेपालका ख्यातिप्राप्त हांस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यका साथ यहि अक्टोवर १५ मा टोकियोमा "एनआरएन डे" मनाउने कार्यक्रम रहेको सहर्ष जानाकारी गराउंदै जापानवासी सम्पूर्ण नेपालीहरुको उत्साहजनक उपस्थितिका निम्ति हार्दिक आमन्त्रण गर्दछौ।

मुलुक बाहिर रहेका नेपालीहरुको ज्ञान, प्रविधि, सीप र पूँजीको लगानी गर्दै नेपालको सर्वांगिण विकासमा टेवा पुराउने मुल उद्देश्यले स्थापित यस संस्थाले गैर-आवासिय नेपालीहरुको हकहितको लागि सदैब आवाज उठाउदै आएको छ। स्थापना भएको तिन बर्षको छोटो अबधिमा देशको आर्थिक र सामाजिक बिकाशमा टेवा पुरयाउने बिभिन्न परियोजनाहरु लागु गरिसकेको समेत स्मरण गराउंदछौं।

दुई दर्जन भन्दा बढि मुलुकमा सञ्जालको बिस्तार गरेको एनआरएनको जापान च्याप्टरको पहिलो कार्यकारिणी समितिको पांच महिनाको कार्यकालमा भएका उल्लेखनिय कार्यहरु "एनआरएन डे" को यस पवित्र घडिमा पस्कन पाउंदा गौरवान्वित भएका छौ । बढि भन्दा बढि जापानबासी नेपालीहरुलाई सहभागी गराउने हेतुले यस संस्थालाई जापानको बिभिन्न क्षेत्रहरुमा बिस्तार गर्ने काम शुरु भइसकेको छ। नेपालको आर्थिक बिकासमा प्रत्यक्ष सहयोग पुरयाउने खालका कार्यक्रम लागु गर्न अन्तर्क्रिया, छलफल र गोष्ठीहरु संचालन भइराखेका छन। जापानबासी नेपालीहरुको मात्र नभएर संसारभरका नेपालीहरुको आमहितमा एनआरएन-जापानले उठाएको आवाजको एउटा ज्वलन्त उदाहरण हो "नेपालमा हुने संबिधान सभा लगायतका आम निर्वाचनहरुमा बिदेशी भूमिबाट मतदान गर्न पाउनु पर्ने माग" । हाम्रो यस मागलाई एनआरएन-अन्तर्राष्ट्रिय समन्वय समिति, अन्य प्रवासी नेपाली संघ-संस्था, सञ्चार माध्यम, नागरिक समाज, र राजनीतिक पार्टीले समेत प्रतिबद्दता जाहेर गरिसकेका छन।

बिज्ञप्तिको अन्त्यमा भनिएको छ - जापानस्थित बिभिन्न संघ-संस्थाहरु, सञ्चार माध्यम र नेपाली मित्रहरुबाट हामीहरुलाई हालसम्म प्राप्त सहयोग र सद्भावले उद्देश्य प्रति उन्मुख हुन उत्साहित भएका छौं र भविष्यमा पनि सोहीअनुसाको अपेक्षा राखेका छौ।

हेमराज शर्मा
राष्ट्रिय संयोजक, एनआरएन जापान

एनआरएन डे का लागि महजोडी जापानमा

२००६ अटोवर ९, टोकियो

गैर आवासिय नेपाली संघ (एनआरएन) जापानको आयोजनामा यही अक्टोवर १५ तारिख हुने "एनआरएन डे" जापानको कार्यक्रमका लागि आज बिहान नेपालका ख्यातिप्राप्त हांस्य कलाकार महजोडीलाई नारिता अन्तर्राष्ट्रिय विमान स्थलमा एनआरएनका कार्यक्रम संयोजक जिज्ञानकुमार थापा र कोषाध्यक्ष दिलु खत्रीले स्वागत गर्नु भयो ।

प्रजातन्त्रको रक्षाका निम्ति निरन्तर क्रियाशिल नेपाली जनकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाली हांस्य विधाका मूर्धन्य प्रतिभाको यो जपान यात्रा चौथो हो ।

कार्यक्रमबारे अन्तिम तयारी तदारुकताका साथ भइरहेको कुरा एनआरएन जापान सांस्कृतिक विभाग प्रमुख शरदकुमार गौचनले हामीलाई बताउनु भयो । कार्यक्रम १५ अक्टोवर आईतबारका दिन टोकियो नेरिमास्थित नेरिमा बुन्का सेन्टरमा सांझ ६ बजे देखि हुने छ बताईएको छ । कार्यक्रममा नेपाल वायुसेवा निगम कार्यालय ओशाका तर्फबाट ओसाका-काठमाण्डौं-काठमाण्डौं-ओसाकाको हवाई टिकट चिट्ठा पनि राखिएको कुरा आयोजक सुत्रबाट थाहा भएको छ ।

महजोडी लगायत अन्य स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहने मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमका साथ एनआरएन डे जापानमा भव्यताका मनाईने भएको छ् भने बिश्वभर अक्टोवर महिनाभर र नेपालमा मूल कार्यक्रम अक्टोबर ११ मा मनाइदै छ ।

जापानमा हुने एनआरएन डे मा जापानबासी नेपालीहरुको मनोरन्जनका लागि मह-जोडी आफ्नो अत्यन्त नौलो र जोडदार प्रहशनका साथ प्रस्तुत हुनु बताईएको छ ।

Source : samudrapari.com

टोकियोमा संयुक्त दशै कार्यक्रम सम्पन्न

२००६ अटोवर ९, टोकियो

एनआरएन जापान, जापान नेपाल सोसाईटी र नेपाली विद्यार्थी संघ (नेसाज) को संयुक्त आयोजनामा आज एक कार्यक्रमका साथ दशैं मनाइयो ।

नेरिमामा सम्पन्न कार्यक्रममा नेपाली राजदूताबासका कार्यवाहक राजदूत पारस घिमिरेले अतिथिको आसनबाट मन्तव्य व्यक्त गर्नु भयो । यसैगरि कार्यक्रममा जापान नेपाल सोसाईटीका चुईची इतो र नेसाजको तर्फबाट सफला धितालले मन्तव्य तथा कम्पाई गरि डिनर प्रारम्भ गर्नु भयो । उक्त अबसरमा शरद गौचन र जोन छन्त्यालको संयोजन रहेको सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । सो अबसरमा यसोदा थापा, ईच्छा श्रेष्ठ, राधव कायस्थ एवं माया नेपाली संगित संस्थाको नृत्य पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको समापन एनआरएन जापानका अध्यक्ष राजन प्रधानांगले गर्निभएको थियो भने कार्यक्रम संचालन एनआरएन जापानका सह-संयोजक तथा भाषा अनुबादक जिज्ञान थापाले गर्नु भएकोथियो ।

Source : samudrapari.com

एनआरएन-जापानको तोकाई-होकुरिकु क्षेत्रिय अधिबेशन सम्पन्न

2006 October 8, Toyota

एनआरएन-जापानको तोकाई-होकुरिकु प्रथम क्षेत्रिय अधिबेशन आइतबार बृहत भेलाका बिच सम्पन्न भई सर्वसम्मतिबाट प्रथम क्षेत्रीय समिति गठन भएको छ। नवनिर्वाचित क्षेत्रीय समितिमा पारसमणी पोखरेल संयोजक, सुदिप अधिकारी सदस्य सचिव, तथा सदस्यहरुमा केशर गिरी, रिसब पौडेल, किशोरचन्द्र खनाल, दिपक घिमीरे, रोबिन्दप्रसाद श्रेष्ठ, छ्त्र थापा मगर, अर्जुन पुन रहनुभएको छ।

उक्त कार्यक्रमको उदघाटन एनआरएन जापानका केन्द्रीय उपाध्यक्ष कपिलदेव थापा तथा राष्ट्रिय संयोजक डा.हेमराज शर्माले संयुक्त रुपमा कम्प्युटरको कि-बोर्ड थिचेर गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा चुबु विश्वविद्यालयका प्राध्यापक हानोची सेइको र नेपाल र नेपालीका हितैषी जापानी मित्र ताकाओखा स्युचोले नेपाल-जापान सम्बन्धका बारेमा बक्तब्य दिनुभयो। साथै नेपाली सेवा समितिका ज्योतिमान पुन, नेकपा एमाले जापान प्रवास कमिटीका सचिब गोबिन्द सुबेदी, एनआरएन जापानका रामकुमार बस्नेत, समुद्रपारि डट कमका सम्पादक तथा एनआरएन जापानका बेलु थापा, नेपाल तामाङ् मैत्रि समाजका कृष्ण मोक्तान लोकतान्त्रिक नेपाल मंच, जापानका वसन्तकुमार गौतमले अधिवेशन सफलताको लागि शुभकामना बक्तब्य दिनु भएको थियो ‌।

कार्यक्रम श्री दिलिपचन्द्र घिमिरेको संचालन र श्री पारसमणि पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो। निर्बाचित पदाधिकारीहरुलाई डा. हेमराज शर्माले सपथग्रहण गराउनु भएको थियो।

दोश्रो सत्रको अन्तर्क्रिया कार्यक्रममा एनआरएनका राष्ट्रिय संयोजक डा.हेमराज शर्माले “एनआरएन र यसका गतिबिधि” बिषयमा प्रकाश पार्नु भएको थियो। उहाँले तत् पश्चात सहभागीहरुका एनआरएन बारेका बिभिन्न जिज्ञासाहरुको जवाफ दिनु भएको थियो।

स्वर्गिय लोक गायक पाण्डव सुनुबारको आत्माको चिरशान्तिको कामना गर्दै मौनधारणा पश्चात लालीगुंरास सांस्कृतिक परिबार तथा स्थानीय नेपाली कलाकारहरुद्वारा रोचक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

अन्त्यमा किशोरचन्द्र खनालबाट सबैलाई धन्यबाद ज्ञापन पछि कार्यक्रम समापन भएको थियो।

Reporter : Sudip Adhikari

नेपाल सप्ताह जापान कार्यक्रमको तैयारी अन्तिम चरणमा

एनआरएन जापानको सांस्कृतिक कार्यक्रम तथा नेपालका जातजातिहरुको फ़ेशन सो

नेपाल-जापान दौंत्यसम्बन्ध को ५० औं वर्षगांठको अवसरमा नेपाली बजार, सांस्कृतिक कार्यक्रम, नेपाली फेशन शो, अन्तर्क्रिया कार्यक्रम लगायतका नेपालीपन झल्कने कैयौं कार्यक्रमका साथ नेपाल सप्ताह जापान नामक कार्यक्रम नेपाल जापान दौंत्यसम्बन्ध पचासौं बार्षिकोत्सव सहयोग समितिको आयोजनामा आगामी हप्ता १६, १७ र १८ तारिखका दिन टोकियोको आकिहावारामा हुने कुरा आयोजक सुत्रबाट थाहा भएको छ ।

तयारीको अन्तिम चरणमा रहेको उक्त कार्यक्रम १६ तारिख शनिबार अपरान्ह १२:३० मा सप्ताहको औपचारिक उद्घाटन हुनेछ । आकिहावारा जेआर स्टेशन नजिकैको कन्भेन्शन हलमा हुने उक्त कार्यक्रममा खासगरी नेपाली बजार अन्तर्गत नेपाली टिपिकल खानाहरुको स्टल, नेपाली उत्पादनका सामानहरु, भगवान बुद्दबारे बिषेश कार्यक्रम, हिमालय र नेपालबारे कार्यक्रम, मानसोलु हिमालबारे बिषेश कार्यक्रम, सांस्कृतिक प्रस्तुति, नेपालका विभिन्न १३ जनजातिहरुको जातिगत भेषभूषाको फेशन सो र नेपाली, बुद्द र हिमालका निकटतम फोटोग्राफ़ीमा बिशेष रुचि राख्नुहुने व्यतित्व स्व. हासिमोतोको नेपालको सम्झना स्वरुप फ़ोटो प्रदर्शनी कार्यक्रमको आकर्षण रहने छ ।

कार्यक्रममा बिभिन्न करिब १०० भन्दा धेरै संस्थाहरुको सहयोग रहेको छ । नेपालबाट स्टलका लागि ब्यबसायीहरु तथा हात हेर्ने जोतिषी पनि आउने कुरा आयोजक समितिका एक सदस्य राजन प्रधानांगले समुद्रपारिलाई बताउनु भयो । सांस्कृतिक कार्यक्रम तथा नेपालका जातजातिहरुको फ़ेशन सो को निम्ति एनआरएन जापान मुख्य प्रस्तोता रहेको छ । सो का लागि एनआरएन जापान सांस्कृतिक बिभाग प्रमुख शरद गौचनको सक्रियता रहेको छ । सप्ताहको सफलताका निम्ति क्रियाशील आयोजक समितिका सदस्य जिज्ञानकुमार थापाका अनुसार कार्यक्रमको समापनको दिन १८ तारिखमा नेपालको शैक्षिक तथा आर्थिक बिषयमा केन्द्रित नेपालको भबिष्य बिषयक नेपाल र जापानका सम्बन्धित बिषयका व्यक्तित्वहरु सहभागिता रहने सामूहिक अन्तर्क्रिया कार्यक्रम हुने छ ।

Source : samudrapari.com, 2006 September 9

संबिधान सभाको निर्बाचनमा प्रवासी नेपालीहरुले भाग लिन पाउनुपर्ने- देउवा

संबिधान सभाको निर्बाचनमा प्रवासी नेपालीहरुले भाग लिन पाउनु पर्छ- उक्त कुरा नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सिउलमा भएको एक कार्यक्रममा बताउनु भएको हो ।

सभापति देउवाले दक्षिण कोरियामा रानदूताबासको अत्यन्तै आवश्यकता रहेको र सरकारले यसबोरे चाँडै नै निर्णय लिने बताउँदै सरकार माओबादीबिच केही चिसो उत्पन्न भएपनि निर्णायक वार्ता हुने र संबिधान सभाको निर्बाचन चाँडै हुने बताउनु भयो । उहाँले नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबिच एकताकाबारेमा समुद्रपारि डट कमले राखेको जिज्ञासाको जबाफमा पार्टी एकताको पहल आफुबाट होईन नेका पार्टी सभापति गिरिजाप्रसाद कोईरालाबाट हुनुपर्ने र यसको जिम्मेवारी कोईरालाकै हातमा रहेको बताउनुभयो ।

दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुद्धारा राजधानी सिउलमा आयोजना गरिएको नेताहरुको स्वागत तथ भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री रामचन्द्र पौड्यालले नेपाली कांग्रेसले राजतन्त्रलाई जीवित राख्ने पक्षमा कहिल्यै नरहेको, पार्टी आफ़्नो बिधानबाट "राजतन्त्र" भन्ने शब्दनै हटाएको बताउँदै राजाको बारेमा आगामी संबिधान सभाको निर्बाचनबाटै निर्णय हुने बताउनु भयो । महामन्त्री पौड्यालले संबिधान सभामा प्रवासीहरुको सहभागी नीश्चित रहेको र दक्षिण कोरियामा श्रमपूर्तिलाई (इपिएस) सिष्टम लगाउने बारेमा उच्चस्तरमा छलफलसमेत भएको खुलासा गर्नुभयो । उहाँले राजदूताबास स्थापनाबारे तत्कालै निर्णय गरिने समेत बताउनुभयो । महामन्त्री पौड्यालले पार्टी एकताका सम्बन्धमा शेरबहादुर देउवाबाट पहल हुनुपर्ने बताउँदै एकता नजिक रहेको बताउनु भयो ।

नेपालका प्रमुख राजनैतिक दलहरुका शिर्षथ नेताहरुको स्वागत तथा भेटघाट कायक्रमको अवसरमा अन्तक्रिर्यामा बोल्दै नेकपा एमालेका महासचिव माधवकुमार नेपालले मुलुकमा निरंकुश राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना हुन लागेको खुलासा गर्दै भन्नुभयो- अब नेपाली जनताले आफ़्नो स्वविवेकले राजाको निर्णय गर्ने र आगामी बैशाख-जेठभित्रै मुलुकमा संबिधान सभाको निर्बाचन हुने बताउनुभयो ।

नेपाली सम्पर्क समितिका अध्यक्ष बमप्रसाद लावतीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपालको इतिहासमा तेक्वान्डो खेलमा पहिलो पटक प्रथम स्थान लिन सफल राजु क्षेत्रीलाई नेका प्रजातान्त्रिकका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

उक्त कार्यक्रम आयोजक समितिका सचिव गगन पुनले सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तब्य लोकतान्त्रिक मञ्च दक्षिण कोरियाका अध्यक्ष मानध्वज लामाले गर्नुभएको थियो ।

स्मरण रहोस् एशियाली राजनैतिक पार्टीहरुको चौथौ सम्मेलन (आईसीएपीपी) मा भाग लिन तीन प्रमुख दलका नौ नेताहरु सोही दिन स्वदेश प्रस्थान गर्नुभएको थियो ।

Source : samudrapari.com, 2006 September 9

Nepali television channels can be watched live from every corner of the globe

The latest information technology has enabled us to watch Nepali television channels and listen to Nepali FMs and radios from every corner of the globe. The Nepal International Television Network (NITV) has been providing this service by using broadband Internet Technology (called IPTV technology). This technology does not use traditional satellites or cables and anyone with internet service can watch Nepali media live in a PC. This service will be brought to a TV screen in a near future.

According to Mr. Kamal Adhikari, who first developed the IPTV technology, the broadcast of all Nepali media live in a single platform is the first such service in the world. Mr. Adhikari, a member of NRN Japan, commenting on his success, opined that “technology is growing in such a way that the world is getting flat with no end and no boundary. Any thing from any where can be transported inside a single PC or TV screen. The IPTV is one of such technologies, which is ever imagined to see the quality video broadcasting of television live in mobile, but this has become possible now.” He further elaborated that this development of broadcasting Nepali media abroad has provided the opportunity to explore to the world the identity of the Nepal such as her culture, music, politics, and media. Because of the global broadcast, the Nepali media will have to face sharp competitions in the world, that will certainly help the media host to improve the quality of their service, Mr. Adhikari further said.

Mr. Adhikari has shown his strong willingness to work with NRN Japan for the benefit of both parties. Currently NRN Japan and NITV have been working for a partnership agreement.

NITV has been recently succeeded to broadcast live of a cultural program “10th RODHI SAJH 2006” organized by Tami Dhee Japan.

NRN Japan congratulate to our valuable member Mr. Adhikari, also the director of the NITV, for his great success. Because of his effort, all NRNs in the world can now feel their room as a small Nepal, can dine and wine by listening/watching Nepali media, and also can share happiness and sorrow with brothers and sisters in the motherland.

The service is being provided free during the testing period. The live media can be accessed by logging in http://www.live-media.tv/nepal/.

एनआरएन जापानद्वारा शिक्षामन्त्रीलाई ज्ञापन पत्र

जापानी पूर्व प्रधानमंत्री स्वर्गिय रियुतारो हासीमोतोको श्रद्धाञ्जली सभाका लागि जापान सरकारको औपचारिक निमन्त्रणमा नेपाल सरकारका तर्फबाट शिक्षामन्त्री मंगलसिद्धि मानन्धर जापान आगमनको अवसरमा एनआरएन जापानले एक ज्ञापन पत्र बुझाएको समाचार छ ।

नेपाली राजदूताबाद्वारा आयोजित भेटघाट तथा रात्रीभोज कार्यक्रममा माननीय मन्त्री मानन्धरलाई एनआरएन केन्द्रीय परिषदका उपाध्यक्ष देवमान हिराचन र एनआरएन जापानका अध्यक्ष राजन प्रधानांगले संयुक्तरुपमा सो ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको थियो । बेलु थापाद्वारा संचालित उक्त कार्यक्रममा ज्ञापन पत्र संघका संयोजक डा. हेमराज शर्माले पढेर सुनाउनु भएको थियो । बाचित ज्ञापन पत्रमा भनिएको छ - मुलुक बाहिर रहेका नेपालीहरुको ज्ञान, प्रविधि, सीप र पुँजी लगानी गर्दै नेपालको सर्वांगिण विकासका लागि टेवा पुर्याउने उद्देश्यले गैर-आवासीय नेपाली-संघ को स्थापना भएको सर्वविदितै छ । यस संस्थाको उद्देश्यलाई आत्मसात गर्दै दुईबर्ष अगाडि जापानमा पनि गैर-आवासीय नेपाली-संघ जापान (एनआरएन) जापान को स्थापना भएको अबगत गराउन चाहन्छौ । माननिय मन्त्रीज्यू समक्ष निम्न बुदाँहरुमा ध्यानाकर्षण गराउन पाउंदा एनआरएन जापान परिवार गौरवान्वित भएको छ।

  • शान्तिपूर्ण जनआन्दोलन-२ मा नेपाली जनताले गरेको बलिदान, जीवन-उत्सर्ग र सहभागिताप्रति उच्च सम्मान गर्दै, राज्यशक्तिको स्रोत जनता मात्र भएको सत्यलाई स्थापित गर्नेतिर मुलुक अग्रसर भएकोमा हामीहरु उत्साहित भएका छौ। हालको ऐतिहासिक अवसरलाई गुम्न नदिई नेपालीहरुको शान्तिको चाहनालाई पुरा गर्ने तर्फ सम्पूर्ण पक्षहरु इमान्दारिका साथ अगाडि बढ्न बिनम्र अनुरोध गर्दछौ। शान्तिपूर्ण बातावरणले मात्र बढि भन्दा बढि गैरआवासीय नेपालीहरुलाई आफ्नो सीप र पुँजी को लगानि गर्न प्रोत्साहन मिल्ने जगजाहेर नै छ।
  • नेपाल सरकारद्वारा हालै घोषित गैरआवासीय नेपाली सम्बन्धी कानुनमा सुधार गरिने लगायतका प्रतिबद्दता प्रति एनआरएन जापान कृतज्ञता ज्ञापन गर्दछ ।
  • संबिधान सभा लगायतका आमनिर्वाचनहरुमा विदेशी भूमिबाट पनि मतदानको ब्यवस्था गर्ने एनआरएन जापानको मागप्रति एनआरएन केन्द्रिय परिषद तथा नेपालका बिभिन्न संघ-संस्थाहरु, राजनैतिक पार्टीहरु र नागरिक समाजले ऐक्यवद्दता जाहेर गरिसकेको कुरा माननीय मन्त्रिज्यूलाई अवगत नै छ । निकट भविष्यमा तयार हुन लागेको अन्तरिम संबिधानले गैरआवासीय नेपालीहरुको मतदानको अधिकारलाई संरक्षण गर्ने छ भन्ने कुरामा हामीहरु बिश्वस्त छौं।
  • युद्दको चापमा परेका लेबनानवासी नेपालीहरुको उद्धारकालागि एनआरएन केन्द्रिय परिषदले लेबनानमा सम्पर्क कार्यालयको स्थापना गर्नुका साथै एनआरएन सहायता कोष पनि स्थापना गरि सकेको छ। यस उद्धार कार्यमा सहयोग पुरयाउन नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछौ ।
  • रोजगारका लागि बिदेश आउने नेपालीहरुले आवश्यक तालीम र न्युनतम शिक्षाको अभावले गर्दा बिदेशी भुमिमा कठिनाई भोग्दै आउनु परेको छ । त्यसैले, नेपाल सरकार समक्ष सम्बन्धित बैदेशिक रोजगार कम्पनिहरुलाई आवश्यक ब्यबस्था गर्न लगाउन अनुरोध गर्दछौ ।
Source : samudrapari.com, 2006 August 9

एनआरएन जापानद्वारा नेपालीहरुका लागि सहुलियत कार्यक्रम

गैर आबासिय नेपाली संघ जापान (एनआरएन जापान) ले हालै एक निर्णय मार्फत नेपालीलाई जापानमा बिभिन्न क्षेत्रका ब्यसायमा संलग्न नेपाली व्यबसायीहरुसंग अनुरोध गरि सहुलियत (छुट) प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर भएको समाचार छ ।

नेपाली व्यबसायीहरुको उत्पादन नेपालीहरुले उपभोग तथा खरिदमा प्रोत्साहित गर्ने मूल उदेश्यले यो अभियान थालिएको संस्थाका प्रबक्ता डा. हेमराज शर्मा बताउनु हुन्छ । हालै एक कार्यक्रमका बिच एनआरएनको अनुरोधलाइ स्वागत योग्य बताउदै एनआरएन केन्द्रिय परिषद एशिया प्यासेफिकका उपाध्यक्ष तथा एनआरएन जापानका संरक्षक सल्लाहाकार देबमान हिराचन तथा केन्द्रिय सदस्य कुमार बस्नेतको उपस्थितिमा उक्त सहमति पत्रमा हस्ताक्षर अभियान थालिएको हो । सो अबसरमा टिबिआइ ग्रुपका तर्फबाट भवन भट्ट, राजा फुड्स प्रोड्क्सनका दिलु खत्री र संगम रेस्टुरेन्टका तर्फबाट महेश श्रेष्ठले आफ्ना व्यबसायहरुमा पाल्नुहुने नेपाली उपभोक्ताहरुलाई आफ्ना उत्पादन उपभोग गरेमा २० प्रतिशत सहुलियत उपलव्ध गराउने प्रतिवद्दता जनाउनु भएको बताईन्छ ।

यो अभियान जापानब्यापी लागु गरिने एनआरएन जापानले जनाएको छ । स्मरण रहोस उल्लेखित सहुलियत प्राप्त गर्नका लागि एनआरएनको सदस्यता पत्र अनिवार्य हुनु पर्ने कुरा सहमति पत्रमा जनाइएको छ ।

Source : samudrapari.com, 2006 July 23

70 percent people in favour of voting rights for NRNs

With non-resident Nepalis (NRN) demanding voting rights in the proposed election of the constituent assembly (CA), and various debates ongoing in the country, a opinion poll survey has said that seventy percent respondents expressed the view that Nepalese living in other countries should get a chance to vote at the CA election.

The survey conducted by the Nepal International Electoral Forum (NIEFO) was conducted in 31 municipalities covering major towns such as Kathmandu, Bhaktapur, Lalitpur, Pokhara, Biratnagar, Nepalgunj, Palpa, Dipayal etc from 20 May 6 June 2006.

A press statement issued by the NIFEO said six different groups were chosen for a wider representation of all sections of the Nepalese society. The six target groups were ? political groups, professional groups (engineers, doctors, teachers etc.), students, farmers, ethnic groups and illiterate groups.

Talking to Nepalnews, vice president of NIFEO, Subhadayak Shah said that the foremost thing is that the government should make a political decision on whether to allow Nepalis living abroad to vote in the election of the constituent assembly, a historic process of forming a new Nepal.

He further said that the task of out-country voting is not a difficult task if the government makes a political decision as the International Organisation of Migration (IOM), which has expertise in out-country voting has expressed its willingness to assist Nepal in its historical moment of making a new Nepal. According to him, the IOM will conduct the out-country voting if the government asks it to do so.

He informed that the out-country voting will be conducted by placing ballot boxes in the different areas in the countries like India, South Korea and some gulf countries, where the number of Nepalis living is high and by placing the ballot boxes in the embassies in rest of the countries.

Talking on the cost of the out-country voting, he said, though the process is costly, the IOM will find donors for funding so the country need not pay any money for the process, adding, ?The government needs to do three things in this regard, one is making political decision to incorporate Nepali staying outside the country, second is to approach the IOM to conduct the out-country voting and the third is to make bi-lateral agreements with foreign governments for providing security to the ballot boxes.

The process is not complicated so the government should decide to incorporate more than three million Nepalis abroad in the historic process by granting them voting rights, Shah added.

Meanwhile, the survey further said that seventy one percent of the respondents among the illiterate groups said that they are not aware about the CA election. Majority of the ethnic groups, 64%, also said that they are not aware about the CA election.

Technical understanding about CA election also follows the same pattern. Thirty one percent farmers, 32 percent ethnic groups and 46 percent illiterate groups are ignorant about the technical aspects of the CA election. They don?t know the differences between this election and past elections held in Nepal,? the press release states.

The opinion poll survey said that majority of the respondents, 60%, have expected peace from the Constituent Assembly elections, followed by 31% who expects full democracy from the CA election.

Majority of the respondents, 63%, have said that the reinstalled House of Representatives will be supportive to the CA elections. More than 42% respondents said that there should be new voters registration.

For free and fair election, 46% respondents said that the Maoist party has to be disarmed under the supervision of the United Nations before the election.

Source : nepalnews.com, 2006 July 24

Ensure NRN's right to vote in elections of the CA: Lawyers

With non-resident Nepalis (NRN) demanding voting rights in the proposed election of the constituent assembly (CA), legal practitioners have also suggested the interim constitution drafting committee to ensure voting rights of the NRN.

Speaking at a programme in the capital on Sunday, constitutional lawyers have said that there should be a provision in the interim constitution that enables even Nepalis living abroad to enjoy rights to vote in the election of the constituent assembly.

Presenting a working paper on the programme, general secretary of Constitutional Lawyers' Forum, Raju Prasad Chapagain, stressed the need of making some constitutional infrastructure to go for the election of the constituent assembly.

He said that the fate of monarchy should be determined before the election of the constituent assembly.

Presenting another paper, advocate Lalit Bahadur Basnet asked the interim constitution drafting committee to ensure independence of the judiciary in the interim constitution.

Similarly, central committee member of Nepal Bar Association, Tika Ram Bhattrai, stressed on forming an interim parliament incorporating Maoists to give continuity to the parliament to exercise people's sovereignty.

Source : nepalnews.com, 2006 July 24

राष्ट्रिय संमन्वय समितिको दोश्रो बैठक सम्पन्न, बिभिन्न महत्वपुर्ण निर्णयहरु

एनआरएन जापान राष्ट्रिय समन्वय समितिको दोश्रोले बैठक बिभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ। केहि महत्वपुर्ण निर्णयहरु यस प्रकार छन। निर्णयहरुको पुर्ण बिवरण एनआरएनको होमपेज http://nrnjapan.org बाट डाउनलोड गर्न सकिने छ।

  • जापानबासी नेपालीहरुलाई संगठित गर्ने उद्देश्यले जापानका बिभिन्न क्षेत्रहरुमा संगठन बिस्तार गर्ने। संगठन विभाग उपसमितिद्वारा प्रस्तुत एक अध्यन प्रतिबेदनको आधारमा जापानलाई बिभिन्न १० क्षेत्रमा बिभाजन गरि क्षेत्रिय समितिहरु गठन गर्ने भएको छ। जापानको भौगोलिक-राजनैतिक बिभाजन तथा बिभिन्न क्षेत्रहरुमा बस्दै आउनु भएका नेपालीहरुको जनसंख्याको आधारमा सो बिभाजन गरिएको हो। क्षेत्रिय समितिहरुमा एक संयोजक र एक सदस्य सचिव गरि ५ देखि ११ जना सम्म सदस्यहरु रहने छन। क्षेत्रहरुको बिभाजन तल प्रस्तुत गरिएको छ।
  • आइसिसिको आठौ बैठकबाटबाट निर्देशन भए अनुसार आगामि अक्टोवर मा “एनआरएन डे” मनाउने । “एनआरएन डे”, दशै-तिहार तथा नेपाल जापान मैत्री सम्बन्धको ५०औ बर्षगाठ एउटै समयमा परेकाले तिनवटै कार्यक्रम संयुक्तरुपमा मनाउने। यसका लागि जिज्ञान कुमार थापा को संयोजनमा एक आयोजक समितिको गठन गरियो।
  • आइसिसिबाट आग्रह भएअनुसार आइसिसि युबा बिभागमा श्री जिज्ञान कुमार थापा र महिला बिभागका श्रीमती शिसम मिश्रलाई जापानको प्रतिनिधिको रुपमा मनोनय गर्ने। तथा एनआरएन जापानको प्रवक्तामा डा. हेम राज शर्मालाई मनोनयन गर्ने।
  • बोन सम्मेलनमा एनआरएन जापानका तर्फबाट प्रस्तुत “विश्वभरका नेपालीहरुलाई संबिधान सभा लगायतका आमनिर्वाचनहरुमा विदेशी भूमीबाट पनि मतदानको ब्यवस्था गर्नु पर्ने” र “अन्तराष्ट्रिय समन्वय परिषदमा प्रतिनिधिहरु छान्ने अधिकार सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषदमा रहनु पर्ने” माग सम्मेलनबाट पारित भएकोमा एनआरएन जापान खुसि ब्यक्त गर्छ।

बैठक समितिका उपाध्यक्ष कपिलदेब थापाको को अध्यक्षतामा सम्पन्न भएको थियो भने बैठकको शुरुमा जापानका पूर्वप्रधानमन्त्री रियुतारो हासिमोतोको निधन प्रति गहिरो समबेदना व्यक्त गर्दै श्रद्दान्जली प्रस्ताव पारित गरिएको थियो। बैठकमा राष्ट्रिय समन्वय समितिका १९ जना सदस्यहरु तथा आइसिसिका उपाध्यक्ष देबमान हिराचन र सदस्य डा. कुमार बस्नेत को उपस्थिति थियो।

RegionPrefectures
HokkaidoAll Hokkaido
Tohoku Aomori, Yamagata, Akita, Miyagi, Iiwate, Fukushima
Kita KantoGunma, Tochiki, Ibaraki
KantoTokyo, Sitama, Chiba, Kanagawa
KoshinetsuNigata, Nagano, Yamanashi
Tokai/HokurikuAichi, Shizouka, Gifu, Mie, Ishikawa, Tyama, Fukui
KinkiOsaka, Hygo, Kyoto, Nara, Shiga, Wakoyama
ChugouHiroshima, Okayama, Yamaguchi, Shimane, Tottori
ShikokuEhime, Kagawa, Tosushima, Koichi
Kyushu/OkinawaFukuoka, Saga, Nagasaki, Oita, Kumamoto, Miyazaki, Kagoshima

NRNA welcomes the policy statement on NRNs in the budget

The International Coordination Council of Non-Resident Nepali Association (NRNA) welcomes the government's pledge, expressed in the Budget speech of the Finance Minister, to create conducive climate for Non-Resident Nepalis to invest their knowledge and capital in the betterment of Nepal. The NRN community is heartened that the government has recognized the enormous potential of NRNs to contribute to the nation's development through the transfer of knowledge, skills and technology as well as financial investment and is therefore, improving legal framework and also contemplating dual citizenship. NRNA has expressed its gratitude to the present Government in a letter sent by its President Dr. Upendra Mahato. "By recognizing these long-standing aspirations of overseas Nepali communities, the government has demonstrated its genuine intention to create an environment for our full and continued involvement in the overall development of the nation. The provision of dual citizenship will open doors for people of Nepali origin to make an active contribution towards the socio-economic transformation of the mother country" said the letter issued by Dr. Mahato.

The NRN Ordinance issued in 2005 treated NRNs merely as a source of monetary investment and did not recognize the value of their accumulated knowledge in diverse fields. The ordinance had drawn sharp criticism from almost all quarters of the NRNs and NRNA had submitted a set of recommendations to amend the ordinance after the Second Global NRN Conference held in Kathmandu in October 2005. NRNA now hopes that the government will follow the declaration with execution such that the new NRN law, expected from the parliament, will address all the concerns of the NRN community and the NRN movement.

Similarly, NRNA has appreciated the statement about making the necessary reforms in both the institutions and laws related to foreign employment, which is making a significant current contribution to the economy of Nepal. NRNs had recommended the government to implement a number of measures to minimize the plight of overseas Nepali workers and regularize the foreign employment sector in their First Regional Conference held in the capital of Qatar, Doha in 2005. In order to safeguard the interests of Nepali workers abroad the conference had recommended measures like provision of legal assistance locally, supervision of contracts and recruitment procedures in Nepal, provision of life insurance scheme and creation of welfare fund for workers in need.

In his letter Dr. Mahato reiterated ?Non-Resident Nepalis remain focused and are committed to the welfare of Nepal and fully realize that they must seek a more pro-active role in Nepal?s historical transformation towards becoming a modern, inclusive and democratic nation.?

International Coordination Council, Non-Resident Nepali Association
14 July 2006 Source : NRNA, http://www.nrn.org.np

एनआरएनद्वारा बजेटमा उल्लेखित गैरआवासीय नेपाली सम्बन्धी प्रावधानको स्वागत

गैरआवासीय नेपाली संघले गैरआवासीय नेपालीहरुको ज्ञान, प्रविधि, सीप र पुँजी लगानी गर्ने वातावरण तयार पार्न गैरआवासीय नेपाली सम्बन्धी कानुनमा सुधार गरिने तथा नेपाली मूलका बिदेशी नागरिकहरुकोलागि दोहोरो नागरिकताको व्यवस्था गर्नेतर्फ कदम चालिने सरकारको प्रतिवद्धतालाई स्वागत गरेकोछ ।

विगतको सरकारले जारी गरेको गैरआवासीय नेपाली सम्वन्धी अध्यादेश २०६२ ले विदेशमा बस्ने नेपालीहरुलाई वित्तिय लगानीसँग मात्र जोडेर हेरेकोले नेपालीहरुले विदेशमा आर्जन गरेको ज्ञान, सिप र प्रविधि को हस्तान्तरण जस्ता गहन महत्वका पक्ष उपेक्षित हुन पुगेका थिए । त्यसैले राष्ट्रको विकासमा बौद्धिक योगदान दिन सक्ने र चाहने ठूलो वर्गलाई उक्त अध्यादेशले समेट्न नसकेको ठहर गरी काठमाडौंमा आयोजित दोस्रो गैरआवासीय नेपाली विश्व सम्मेलनका अवसरमा अध्यादेशको परिमार्जन गर्ने आग्रहका साथ तात्कालिन सरकारलाई संघले सुझाव पेश गरेको थियो । प्रतिनिधी सभामा छलफलको लागि चाडैं पेश हुने गैरआवासीय नेपाली सम्वन्धी बिधेयकमा सरकारले ती सवै सुझावहरुलाई समेट्ने छ र संसदले वनाउने कानुनले संस्थागत विकास लगायतका गैरआवासीय नेपालीका समस्याहरुलाई संबोधन गर्ने संघले विश्वास ब्यक्त गरेकोछ ।

गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. उपेन्द्र महतोले बजेटको स्वागत गर्दै सरकारलाई पठाएको पत्रमा भन्नु भएकोछ "नेपाली मुलका बिदेशी नागरिकहरुका लागि दोहोरो नागरिकताको व्यवस्था गर्नेतर्फ कदम चालिने सरकारको प्रतिवद्धताले बिकसित मुलुकहरुमा बसेर पनि नेपाललाई माया गर्ने त्यो वर्गका सक्षम नेपालीलाई हर्षित बनाएकोछ र उनीहरुलाई मुलुकको सर्वाङ्गीण विकासमा अझ सक्रिय भएर सहभागि गराउने नयाँ अवसरको सृजना गरेकोछ।"

त्यसै गरि वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउन वैदेशिक रोजगार कानुन तथा सम्बद्ध निकायको संगठनात्मक सुधार गरिने प्रतिवद्धतालाई पनि संघले सराहना गरेकोछ । विदेशवाट रेमिटेन्स पठाएर देशको अर्थतन्त्रलाई ठूलो टेवा पुर् याई गरिवी निवारणमा समेत अमूल्य योगदान दिइरहेका गैरआवासीय नेपालीहरुका विविध समस्या र तिनको उचित निवारणको लागि छलफल गर्न सन् २००५ मा कतारको राजधानी दोहामा गैरआवासीय नेपालीहरुको प्रथम क्षेत्रिय सम्मेलनको आयोजना गरिएको थियो । उक्त सम्मेलनका सुझावहरु सरकारको प्रतिवद्धता अनुरुप रहेकोले अव तिनको कार्यान्वयन हुने अपेक्षा गरिएकोछ ।

पत्रमा डा. महतोले "नयाँ नेपालको निर्माणमा संसार भरि फैलिएर रहेका नेपालीहरु पनि आफ्नो तर्फवाट हरतरहले सहयोग गर्न संगठित हुने क्रम जारी नै रहेको जानकारी गराउँदै सरकारको प्रतिवद्धताले गैरआवासीय नेपाली समुदायलाई मुलुकको सामाजिक र आर्थिक रुपान्तरणमा अझ उत्साहित भएर अग्रणी भुमिका खेल्ने प्रेरणा मिलेको" विश्वास ब्यक्त गर्दै तिनको चाँडै कार्यान्वयन हुने अपेक्षा गर्नु भएकोछ ।

गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय समन्वय परिषद्
३० असार Source : NRNA, http://www.nrn.org.np

एनआरएन जापानद्वारा अन्तरक्रियासहित कार्यशाला आयोजना

गैरआवासीय नेपालीहरुको संस्था एनआरएन जापानले आइतबार एक कार्यशाला सम्पन्न गरी चार वटा विषयवस्तुहरुमा गहन छलफल गरेको छ ।

कार्यक्रममा नेपालबाट एक सेमिनारमा भाग लिनु आउनु भएका नर्भिक एस्कर्ट इन्टर्नेशनल अस्पतालका डाइरेक्टर डा. भरत रावतले 'हृदयघातका कारण, समस्य र समाधान' भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने एनआरएन जापानकी अन्तर्राष्ट्रिय महिला प्रतिनिधि शिसम मिश्रद्वारा 'नेपालमा महिला अधिकार तथा लैगिंक प्रश्न' विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी 'नेपालको पर्यटन विकास र त्यसमा एनआरएन जापानको भूमिका' भन्ने विषयमा एनआरएन जापानका सहसंयोजक तथा अन्तर्राष्ट्रिय युवा प्रतिनिधि जिज्ञान कुमार थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्ने क्रमको अन्त्यमा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष देवमान हिराचनद्वारा 'एक गाउा एक उत्पादन कार्यक्रम' का बारेमा चर्चा गर्नुभएको थियो । प्रस्तुत कार्यपत्र माथि सहभागीहरुबीच गहन छलफल भएको थियो । कार्यपत्रहरु अत्यन्त समसामयिक र चुनौतिपूर्ण रहेका कुरा सहभागिहरुले जनाएका छन् ।

कार्यक्रम संस्था प्राज्ञिक उपसमितिका संयोजक वेदप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक नेपाली राजदुत पारस घिमिरे रहनुभएको थियो । कार्यवाहक राजदुत घिमिरेले प्रत्यक कार्यपत्रमाथि आफ्ना प्रतिकृया व्यक्त गर्दै पर्यटन प्रवर्द्धन र एक गाउं एक उत्पादन जस्ता कार्यक्रमहरुमा सदैव राजदुतावास गैरआवासीय नेपालीहरुलाई सहयोग गर्न तत्पर रहेको कुरा ब्यक्त गर्नुभयो ।

एनआरएन जापानका अध्यक्ष राजन प्रधानांगले कार्यक्रम आयोजकका तर्फबाट कार्यपत्र माथि प्रतिक्रिया व्यक्त गर्दै त्यसमा एनआरएन जापानद्वारा चालिन सक्ने कदमहरुका बारेमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रमका अतिथिहरुमा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष देवमान हिराचन तथा केन्दि्रय सदस्य डा. कुमार बस्नेत रहनुभएको थियो । एनआरएन जापानको संचार